कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
371

विश्व बैंकले ८६ हजार थप घर पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकले नेपालका लागी करिब २२ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृत भएको जनाउँदै भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको जनाएको छ ।
विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) अन्तर्गत उक्त ऋण स्विकृत गरेको हो । उक्त परियोजनाको दोस्रो चरणको लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको भन्दै बैकले सन् २०१५ को भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो अनुदान उपलब्ध गराएको जनाएको छ ।
भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुनेछ । बैकको विज्ञप्तिका अनुसार नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका लागि कन्ट्री म्यानेजर स्वाराही रिडिहोले नेपाल सरकारको पुनर्निर्माणमा गरिरहेको काममा विश्व बैंकले साथ दिइरहेको उल्लेख छ ।