कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६
458

१७ औं हस्तकला टे«ड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यबीच सो सम्झौता हस्तकला टे«ड फ्यरको उद्घाटन समारोहमा भएको हो ।
यस सम्झौतास“गै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबद्र्धन र सम्रक्षण का लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । हस्तकला क्षेत्रको सम्रक्षण र उन्नतिका लागी नबिल बैंक सधैंभरि तत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागि नेपाल हस्तकला महासंघस“ग सहकार्य गर्न पाउ“दा हामी निकै खुसी छौं । यो सहकार्यले हस्तकला Ôेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरूलाई लाभ हुने विश्वास हामीले लिएका छौं । यस्तै, नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले भने, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाईहस्तकला मैत्री बैंक २०७५-७६ घोषणा गर्न पाउ“दा हामीलाई निकै खुसी लागेको छ ।”