कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
282

विश्व बालदिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार ललितपुर–२३ हात्तीवन, धापाखेलस्थित नवकिरण अनाथ, असहाय बालउत्थान समाजलाई ३१ वटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो ।
बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासका लागि सहज होस् भनी ब्ल्यांकेट वितरण गरेको भन्दै बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्चप्राथमिकतामा राख्दै आएको जानकारी दिँदै उनले बैंकले बैंकको संस्थागतनारा ‘हामी सबैको बैंक’भन्ने रहेकाले सो नाराअनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणहरूको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको पनि बताइन् ।