कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
299

माछापुछ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अस्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री सुरु गरेको छ । हाल बजारमा रहेको अस्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुछ्रे बैंकले विदेशबाट अस्ट्रेलियन डलर खरिद गरी ग्राहकहरूलाई सटही सुविधा प्रदान गर्न लागेको पनि बैंकले जनाएको छ ।
विदेश जाने नेपालीहरूले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५ सय अमेरिकी डलरबराबरको अस्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अस्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहज रूपमा अस्ट्रेलियन डलर प्राप्तगर्न नसकिरहेको भन्दै बैंकले सोही समस्यालाई मध्यनजर गरी अस्ट्रेलियन डलर ल्याएको हो ।
नेपाल राष्ट्र बैंकले तोेकेबमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यकाभित्र रहेका निम्न शाखाहरूमार्फत अस्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको जनाएको छ ।