कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
372

नेपाल बैंक लिमिटेडको ‘१० प्रतिशत एनबीएल डिबेन्चर २०८३’ २ अर्ब ५० करोड बराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित सात वर्षका लागि निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौंलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
कुल २५ लाख कित्ता डिबेन्चरमध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्कासन गरिने भन्दै बैंकले उक्त कार्यका लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर सेयर निष्कासन गर्ने सम्झौतामा हस्ताक्षर भएको जनाएको छ ।