कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६
300

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका–७ सञ्जीवनी बजारमा रहेको नेपालको नमुना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तव्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरको व्यावहारिक ज्ञानमा सहयोग पु-याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्युटर वितरण गरेको जनाएको छ ।
कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुंगानाले एक समारोहकाबीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा पूर्वप्राचार्य वेदप्रसाद कोजु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सहायक प्राचार्य पवन प्रधानलगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरूको उपस्थिति थियो भने कार्यक्रमको व्यवस्थापन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।