कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६
373

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको बेस्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाबीच सम्झौता गरेको छ ।
सो सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी र फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दस्तखत गरेका छन् । फाइनान्सले यो आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत रक्तदान कार्यक्रम, स्वस्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच विविध सचेतनामूलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रम गर्दा नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्ने गरी सम्झौता गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।