कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
472

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसिएन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत शिवम् सिमेन्ट लिमिटेडलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार १ करोड रुपैयाँको अनुदान सहयोग रकमको चेक बिहीबार एक समाोहकाबीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गरेका थिए ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल आयोजना कार्यान्वयनका लागि आयोजना कार्यान्वयन एकाइको रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको भन्दै बैंकले यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने जनाएको छ ।