कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
381

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि, तीनकुनेबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरूलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेस्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई देशभरि रहेका ८७ वटै शाखाहरूबाट विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहकले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरूमा रहेको शाखा सञ्जालहरूबाट प्राप्त हुने खाना तथा आवाससम्बन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।