कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
375

 माछापुछ्रे बैंकले देशका विभिन्न जिल्लाहरूमा ११ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको बर्दघाट, रुपन्देही जिल्लाको मनीग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङजिल्लाको तुल्सीपुर र लमही, बर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको हो ।
उक्त शाखा कार्यालयहरूको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि एवं तथा माछापुछ्रे बैंकका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरू र १३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २ सय ७७ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको पनि जनाएको छ ।