कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
324

ग्लोबल आईएमई बैंक र ब्लूक्रस हस्पिटल प्रालिबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ब्लूक्रस हस्पिटलको व्यवस्थापन समितिका सदस्य–सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात ब्लूक्रस हस्पिटल, त्रिपुरेश्वरमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष सहुलियत पाउने बंैकले जनाएको छ । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको पनि जनाएको छ ।