कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६
347

कुमारी बैंकले कामनपा–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिँदै उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु-याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।
गुणस्तरीय शिक्षामा टेवा पु-याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा सहयोग पु-याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।