कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
358

 ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका–२, अर्गल, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–५, कुवाकोट, बाग्लुङ जिल्लाको जैमिनीनगरपालिका–८, अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–१, बेगखोला, मकवानपुर जिल्लाको बागमती गाउँपालिका–६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका–३, सातदोबाटो, लुुंग्रीगाउँपालिका–३, जुटुङ खोला,गंगादेव गाउँपालिका–१, ओत र परिवर्तन गाउँपालिका–६, नाफेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी १० वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ९४ पुगेको छ ।  शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डीसहोमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ सय ४९ वटा शाखा, ३० वटा एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर, १ सय ५० एटीएम तथा १ सय ९४ शाखारहित बैंकिङ सेवा छ ।नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।