कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
258

मोबाइल एपमा आधारित डिजिटल वालेट कम्पनी डिजी–पेले सेटलमेन्ट बैंकका रुपमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकसँग सम्झौता गरेको छ । यो सहकार्यपछि डिजी–पेका ग्राहकले एनसीसीको खाताबाट सिधै डिजीपेको एकाउन्टमा रकम जम्मा गर्न सक्नेछन् । यसबाट एनसीसीमामर्चेन्ट बैंकखाता खोल्दा लाग्ने ५ हजार रुपैयाँ पनि छुट हुनेछ ।
सम्झौतामा डिजी–पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डे र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् ।बैंकसँगको सम्झौता डिजी–पेका लागि नयाँ आयाम थपिएको र भविष्यमा कम्पनीसँग आवद्ध हुन चाहने ग्राहकका लागि खुसीको खवर भएको प्रबन्ध निर्देशक पाण्डेले बताए । डिजिटल नेपाल अभियानमा डिजीपेको डिजिटल वालेटले टेवा पु¥याउने विश्वास कम्पनीको छ । हालसम्म डिजी–पे एप २५ हजारभन्दा धेरै डाउनलोड भइसकेको छ भने ३ सय ५० खुद्रा तथा होलसेल पसलहरु यसमा आवद्ध भइसकेका छन् । राजधानी काठमाडौँ लगायत कम्पनीले नारायणघाटमा अहिले सेवा विस्तार गरेको छ । ‘हरेक खर्चमा कमाई’ भन्ने मुल लक्ष्यका साथ आएको यस कम्पनीले डिजिटल र क्यास दुबैमा कारोबार गर्नेछ ।