कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
374

सानिमा बैंकले बचत कर्ताहरूका लागि स्वास्थ्यपरीक्षण तथा बिमा सुरक्षण सुविधासहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरूबाट ग्राहकले ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधालिन सकिनेछ ।
नेपाल र भारतमा हुने उपचारमा १ लाख रुपैयाँसम्मको औषधि उपचार बिमा सुविधा लिन सकिनेछ । त्यसैगरी, यदि ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रूपमा असक्षम भएमा एकमुष्ठ २० लाख रुपैयाँ बिमा रकम दाबी गर्न सकिने बैंकले जनाएको छ ।
यस बाहेक ग्राहकलाई ६ घातक रोगहरूको रक्षावरण सहितको ३ लाख रुपैयाँ बिमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बिमा बैंकले गरी दिनेछ । बंैकले आफ्ना ग्राहकहरूका लागि उपयुक्त हुने बिभिन्न योजनाहरू समयानुकूल रूपमा प्रदान गर्दै आइरहेको छ ।