कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
282

एनआईसी एसिया बैंकले युनियन पे इन्टरनेसनलको सहकार्यमा एनआईसी एसिया युनियन पे भर्चुयल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको सुरुवात गरेको छ । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेसनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रूपमा युनियन पे भर्चुयल कार्ड सुरु गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा युनियन पे इन्टरनेसनल र एनआईसी एसिया बैंकका उच्च पदाधिकारीहरूको सहभागिता थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवासँग एकीकृत गरी छिट्टै ग्राहकहरू सामु लैजाने योजना बनाएको छ ।