कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
299

गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सले सोमबार चन्द्रनिगापुर, रौतहटमा चन्द्रनिगापुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीबाट विधिवत रूपमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा चन्द्रनिगापुर १३ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको तथा सोमबार नै सिमरा, बारामा संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रूपमा सिमरा एक्सटेन्सन काउन्टरको उद्घाटन एवं शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।
संस्थाले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन ३ अर्ब ८२ करोड रुपैयाँ तथा कर्जा ३ अर्ब २१ करोड रुपैयाँ प्रवाह गरी २ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ४ वटा, प्रदेश नम्बर तीनमा ३ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरू रहेको पनि जनाएको छ ।