कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
390

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको ३१६ औं बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
करिब २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँगआबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । शाखा सञ्चालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको भन्दै बैंकले हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेको जनाएको छ ।

 


सातामा धेरै पढिएको