कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६
338

एनआईसी एसिया बैंक र संस्कृति इन्फोएज प्रालिबीच एनआईसी एसिया बैंकका ग्राहकहरूलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरूले एनआईसी एसियाको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङर कनेक्ट आईपीएस प्रयोग गरी माइट्रिपटु नेपाल डटकमबाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय रुपैयाँ क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले आन्तरिक उडानका लागि एनआईसी नेपाल, भारतका लागि एनआईसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआईसी एसिया प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र संस्कृति इन्फोएज प्रालि (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेस डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेको तथा कात्तिक २ देखि कात्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।


सातामा धेरै पढिएको