कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
382

गर्भिलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरूका लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमीको सुरुवात गरेको छ ।
फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्गलगायत सबैले लाभ लिन सक्ने भन्दै बैंकले यस एकेडेमीले शुक्रबारबाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीनदिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङविषयगत तयारी कक्षा सञ्चालन गर्दैछ । पहिलो चरणको ट्रेनिङ, प्रदेश नं. ३ अन्तर्गत स्नातक र स्नातकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरूलाई मात्र लक्षित गरी आवेदन आह्वान गरेको जनाएको छ ।
वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरूले यसबाट भरपुर लाभ लिन आह्वान गर्दै बैंकले वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्वारा निःशुल्क रूपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाडौंस्थित तालिम केन्द्रमा आगामी कात्तिक २२, २३ र २४ गते आयोजना हुनेछ जनाएको छ ।

 


सातामा धेरै पढिएको