कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६
501

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पुँजीमा ५१ प्रतिशत सेयर लगानी गरी आफ्नो सहायक कम्पनीका रूपमा सञ्चालन गरेको हो ।
मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि मुक्तिनाथ कृषि कम्पनी र पुँजीबजार (मर्चेन्ट बैंकिङ ) प्रवद्र्धनका लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ । समावेशी वित्तीय सेवाको अलवा कृषि र पुँजीबजार क्षेत्रमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।