कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
371

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आउने क्रममा सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८३ औं शाखा काठमाडौंको लामबगर र ८४ औं शाखा काठमाडौंको सिनामंगलमा सञ्चालनमा ल्याएको छ ।
बुधबार उक्त शाखा कार्यालयहरूमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरिएको भन्दै बैंकले यी शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउँने लक्ष्य राखेको जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।


सातामा धेरै पढिएको