कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
373

ग्रामीण तथा सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकको दुई नयाँ शाखाहरू काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित अनामनगर शाखाकोे उद्घाटन लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गरे । आजै चितवन जिल्ला, रत्ननगर नगरपालिका–६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेको भन्दै बैंकले यी शाखाहरू सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरूलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।