कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
417

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल एकेडेमीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल एकेडेमीमा स्थापित एक्स्टेन्सन काउन्टरको बिहीबार एकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहकाबीच उद्घाटन गरेको बैंकले जनाएको छ ।
मदन भण्डारी मेमोरियल एकेडेमीको अध्यनरत विद्यार्थीले अब बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट कारोबार गर्र्न सक्ने भन्दै बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको पनि जनाएको छ ।