कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
359

लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रूपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाका लागि सांगीतिक कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरूको उपस्थिति थियो ।
संस्थाले कोष स्थापनाका लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुइटा स्थानहरूका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने पनि जनाएको छ ।
यी विद्युतीय गाडीको प्रयोग वृद्ध एवं शारीरिक रूपमा अशत्त mव्यक्तिहरूका लागि निःशुल्क रूपमा प्रयोग गरिनेछ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयरस्ले वार्षिक शृंखलाको रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्नेछ ।