कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
343

सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिस्टुङ बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानअन्तर्गतको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जासम्बन्धी जानकारीका साथै डिजिटल वित्तसम्बन्धी जानकारी दिएको थियो ।
उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी रहेको भन्दै बेकले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँ–गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको जनाएको छ ।