कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
349

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३२, स्थित कोटेश्वर शाखा कार्यालयको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीपप्रज्वलनका साथ गरेको भन्दै बैंकले सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका सदस्य राजेशकुमार रौनियारले गरेको जनाएको छ ।