कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
424

संखुवासभामा रहेको सानिमा बैंक खाँदबारी शाखाले ब्लड बैंक स्थापनाका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल रेडक्रस श्रृजनशील सामुदायिक विकास रक्त सञ्चार केन्द्रलाई ब्रान्च म्यानेजर मेदन बस्नेतले रकम हस्तान्तर गरेका हुन् । संखुवासभामा ब्लड बैंक नहुँदा रगत अभावका कारण बिरामीको अकालमा मृत्यु भएको भन्दै स्थानीय श्रृजनशील सामुदायिक विकास केन्द्र र नेपाल रेडक्रस शाखाले सहयोग संकलन अभियान सञ्चालन गर्दै आएको छ ।
गएको मंसिर महिनामा महिला दिदीबहिनीले स्थानीय मनकामना मेलामा चिया बेचेर संकलन गरेको करिब २९ हजारबाट सुरु भएको अभियानमा अहिले देश तथा विदेशमा रहेका नेपालीहरूबाट ११ लाख बढी रकम सहयोग प्राप्त भइसकेको रेडक्रस शाखाका कार्यालय प्रमुख लक्ष्मी कार्कीले जानकारी दिए ।