कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
441

सिटिजन्स बैंकले बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको स्मरण गर्दै बैंकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको पनि जनायो ।
राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरूलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । उक्त प्रणाली सञ्चालनमा आएपछि एक बैंकका ग्राहकले आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्योट गर्न सक्नेछन् ।