कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
415

सन्राइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनहुने ‘सन्राइजफस्र्ट म्युचुअलफण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानीकोष (म्युचअल फण्ड) योजना काइकाईहरु बिक्रीमा ल्याउने भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार संस्थालाई सो मात्राको फण्डजारी गर्न अनुमति दिएको जनाएको छ । कोष सुपरिवेक्षकमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहेका छन् । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।