कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
301

सिद्घार्थ बैंकले सोमबार काठमाडौँको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको पनि जनाएको छ ।
बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।