कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
499

लामो अवधिसम्म विदेशमा रहेर व्यावसायिक अनुभव संगालेका गैरआवासीय नेपालीहरूको समूहबाट प्रवद्र्धित यस सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको मुख्य लगानीकर्ता सानिमा बैंक रहेको छ ।
देशको आर्थिक तथा सामाजिक स्थितिको अध्ययन गरी सर्वसाधारणको जीवन बिमाप्रतिको आकांक्षालाई समेत मध्यनजर दिई कम्पनीका प्रावधिक समूह र जीवन बिमाका विशेषज्ञ बिमांकिको संयुक्त प्रयासबाट ‘सानिमा वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बिमा योजना’ जनसमक्ष प्रस्तुत गरिएको छ ।
१६ वर्षदेखि ५५ वर्ष उमेर समूहसम्मका जीवन बिमाका लागि योग्य व्यक्तिले यस योजनाअन्तर्गत १५ र २० वर्षे अवधिका लागि जीवन बिमा गर्न सकिन्छ । यस योजनामा अधिकतम अवधि ७० वर्ष रहेको छ ।