कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
407

 राष्ट्रिय वाणिज्य बैंक र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा वैदेशिक रोजगारमा गएका परिवार तथा वैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुगी रोजगारी सिर्जनासमेत हुने बताए भने ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिसबमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोे पनि नैतिक दायित्व रहने बताए ।