कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
481

राष्ट्रिय वाणिज्य बैंकको आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेसडरमा नियुक्ति गरिएको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक अन्य वाणिज्य बैंकहरुसँग प्रतिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बैंकले आफ्नो ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्ति गरिएको बताए । कार्यक्रममा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।