कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
342

एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आउने क्रममा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउन्टर आइतबारदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउन्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरेको भन्दै बैंकले उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ललगायत महानुभावहरूको उपस्थिति रहेको जनाएको छ ।