कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
386

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले सहज रूपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा पोखरा फाइनान्स लिमिटेडबाट पाउने भन्दै कम्पनीले यसै अनुरूप ग्राहकहरूले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरूमा कर्जा सुविधाप्राप्त गर्ने जनाएको छ ।