कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
409

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा चितवनको सौराहामा आयोजना गरिएको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार र आइतबार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । कम्पनीले तोकेको व्यावसायिक लक्ष्य पूरा गरेका देशभरिका १ सय १५ जना अभिकर्ता र एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरूमध्ये उत्कृष्ट १५र१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धिसम्बन्धी उत्प्रेरणात्मक तालिम ट्रेनर शोभा खरेलले प्रदान गरे ।

 


सातामा धेरै पढिएको