कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
442

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजना तथा श्रवणकुमार सपोर्ट प्रालिको प्राविधिक सहयोगमा कास्कीमा २ दिने धितो कर्जासम्बन्धी तालिम सम्पन्न भएको जनाएको छ ।
उक्त तालिममा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका ३१ वटा शाखा कार्यालयबाट शाखा प्रबन्धक तथा सहायक कर्मचारी गरी ३१ जना सहभागीलाई श्रवणकुमार सपोर्ट प्रालिले धितो कर्जासम्बन्धी महत्वपूर्ण तालिम सञ्चालन गरेको थियो ।
उक्त तालिममा श्रवणकुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेल, कास्की जिल्लाका प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डे तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा निर्देशक लेखनाथ दाहालले प्रशिक्षण दिएको पनि संस्थाले जनायो ।