कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
396

मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जीवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएको शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौतापत्रमा सञ्जीवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका थिए ।
साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ ।
उक्त सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सञ्जीवनी हस्पिटलर विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको पनि बैंकले जनायो ।