कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
305

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ५ आंै वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । प्रदेश नं.५, रुपन्देही जिल्लाको गैडहवा गाऊँपालिकाको मंगलपुर, प्रदेश नं.२, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगंगा नगरपालिका, मसुरीयामा शनिबार निःशुल्क स्वास्थ्य शिविर एकै समयमा सम्पन्न गरेको जनाएको हो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ३० भन्दा बढी स्थानीय जनसमुदायले स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका भन्दै बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको मंगलपुरमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, पाठेघरको क्यान्सर, हाडजोर्नी, सामान्य चिकित्सा र बालरोग विशेषेज्ञहरूद्वारा मंगलपुर, सूर्यपुरा, सग्रहवा, गिदैया, पौवा, मिनमिनवा, अमौली, धमौली, भैसहिया आसपास क्षेत्रका करिव ५ सय ३५ जना व्यक्तिलाई स्वास्थ्य परीक्षण तथा ल्याब परीक्षण गरिएको जनायो ।