कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
384

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहबीमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सो शाखाको उद्घाटन दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले गरेका थिए ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको भन्दै बैंकले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु-याउने कुरा बताए ।