कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
420

कन्काई विकास बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा बुधबार गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल, दमक, झापामा सफलतापूर्वक सम्पन्न भएको बैंकले जनाएको छ । साधारणसभाबाट प्राइम कमर्सियल बैंकले यस विकास बैंकलाई प्राप्ति गर्ने, मूल्यांकन कर्ताले पेस गरेको बैंकको सम्पत्ति दायित्व तथा कारोबार मूल्यांकनको प्रतिवेदन पारित गर्ने, बैंक समाहित हुँदा कायम हुने सेयर आदान–प्रदान अनुपात (१००ः७१.५० अर्थात प्राइम कमर्सियल बैंकको प्रतिसेयर १ सय रुपैयाँ तथा कन्काई विकास बैंकको प्रतिसेयर ७१ रुपैयाँ ५० पैसा) पारित गर्ने लगायतका विशेष प्रस्तावहरू सर्वसम्मत पारित भएको छ ।
सभाका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले सभामा सञ्चालक समितिको तर्पmबाट प्रस्तुत विशेष प्रतिवेदन पेस गरेको जनाएको छ ।