कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
416

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यावसायिक व्यक्तित्वहरूद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकले बुधबार विशेष साधारणसभामार्फत कन्काई विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंकको १ सय कित्ता सेयरबराबर प्राइम कमर्सियल बैंकको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने निर्णय गरेको जनाएको छ ।
प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्तिपश्चात् शाखा संख्या ९४ हुनेछ भन्दै बैंकले आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेयरधनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको नि.प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बताए ।