कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
387

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पुतलीबजार नगरपालिका–३, कुमालगाउँ स्याङ्जास्थित काजिमान हरिटीका माध्यमिक विद्यालयको विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताका लागि मंगलबार बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहकाबीच १ हजार ५ सय लिटर क्षमता भएको खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले लुम्बिनी विकास बैंकले जीवन उपयोगी शिक्षाको ज्योति फैलाउँदै समग्र देशको समुन्नतिका लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरूलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बताए ।