कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
305

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, क्षेत्रीय कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गत २०७६ जेठ २३ गते आएको प्राकृतिक प्रकोप भीषण हावाहुरीबाट प्रभावित संस्थामा आबद्ध भएका सदस्यहरूलाई १ लाख ५० हजार रुपैया“ नगद राहत वितरण गरेको छ ।
यसै क्रममा संस्थाको कार्यक्रममा आबद्ध कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा रहेका ३१ जना हावाहुरीबाट प्रभावित ऋणी सदस्यहरूलाई ७६ हजार रुपैया“ एक समारोहकाबीच क्षेत्रीय प्रवन्धक शैलेन्द्रराज जोशीले हस्तान्तरण गरी राहत वितरणको सुरुवात गरेका थिए ।