कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
292

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका–२, मा ३८ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको जनाएको छ । हलदीबारी गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्गदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहकाबीच हलदीबारीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।
सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्गदेनले शाखारहित बैंकिङ सेवाको एजेन्ट, प्रतिनिधि सर्वधन तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।