कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
697

रुपन्देही-बचत तथा ऋण सहकारी संघ नेपाल (नेफ्स्कुन)को प्रदेश–५ को प्रारम्भिक सञ्चालक समितिको अध्यक्षमा कृष्णप्रसाद नेपाल सर्वसम्मत चयन भएका छन् । नेफ्स्कुन केन्द्रीय सदस्यसमेत रहेका नेपाल लामो समयदेखि सहकारीमा सक्रिय छन् ।
रुपन्देही जिल्लाका विभिन्न सहकारीमा समेत नेपालले योगदान दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ बिहुली स्थायी घर भएका नेपाल सहकारी विज्ञका रूपमा परिचित छन् । त्यसैगरी अन्य पदाधिकारीमा महासचिव ऋषि सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष सन्दीप सापकोटालगायत छन् ।