कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
268

कृषि विकास बैंकको अहिलेको वित्तीय अवस्था अत्यन्त सबल र उत्साहप्रद रहेको बैंकले दाबी गरेको छ । बैंकको २०७६ असार मसान्त तथा आवको अन्तसम्मको प्रकाशित तथ्यांकअनुसार बैंकको निक्षेप करिब १ खर्ब १९ अर्ब तथा कर्जा लगानी १ खर्ब १० अर्ब पुगेको भन्दै बैंकले सोही अवधिमा बैंकको पुँजी कोष २०.३३ प्रतिशत, निस्क्रिय कर्जा २.९ प्रतिशत, इक्विटीमा प्रतिफल १७.३५ प्रतिशत तथा प्रतिसेयर आम्दानी करिब ४४.६६ रहेको पनि जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७५।७६ मा कर पछिको खद नाफा ४ अर्ब ३५ करोड आर्जन गरी एतिहासिक प्रगति गर्न सफल भएको पनि बताएको छ । प्राप्त नाफालाई अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा खुद नाफामा करिब २० प्रतिशतले वृद्धि भएको तथा वितरण योग्य नाफामा करिब ८ प्रतिशतले वृद्धि भएको पनि बैंकले जनायो ।