कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६
484

ग्लोबल आईएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आईएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ई–सेवा पसललगायत अन्य अनलाइन सपिङ साइटहरूबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ तथा सपिङ गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ ।