कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६
710

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो भावी योजना बारेमा जानकारी दिन र सो कार्य योजनालाई सफल बनाउने सम्बन्धमा
सञ्चालक समितिका अध्यक्ष कुशप्रसाद मल्लीको उपस्थितिमा सञ्चालक समिति व्यवस्थापन तथा शाखा प्रमुखहरूका बीचमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।
साथै संस्थाले संस्थाका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा शाखा सम्मेलन सम्पन्न गरियो । उक्त कार्यक्रममा संस्थाका प्रधान कार्यालयका अधिकृतहरूद्वारा तालिम प्रदान गर्नुका साथै उकृष्ट शाखालाई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान गरिएको थियो ।